सांसद बनेपछि पनि सडकमै किताब बेच्दै महावीर पुन
काठमाडौं।प्रतिनिधि सभा निर्वाचन जितेपछि पनि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक Mahabir Pun सडकमा किताब बेच्दै हिँडेको दृश्यले धेरैलाई प्रेरित बनाएको छ।
सामान्यतया चुनाव जितेपछि नेताहरू औपचारिक कार्यक्रममा व्यस्त हुने गर्छन्। तर पुन भने आफ्नो पुरानै अभियानलाई निरन्तरता दिँदै सडकमा किताब बेचेर युवालाई अनुसन्धान, आविष्कार र स्वावलम्बनतर्फ प्रेरित गरिरहेका छन्।


उनले लामो समयदेखि आफ्नो पुस्तक बिक्रीमार्फत संकलित रकम National Innovation Center सञ्चालन र अनुसन्धानका काममा प्रयोग गर्दै आएका छन्।
“कसैले थुक्छन्, कसैले ढोग्छन् — फरक यत्ति हो,” भन्ने भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले पुनको सादगी, इमानदारी र समर्पणलाई उदाहरणीय नेतृत्वको रूपमा चर्चा गरिरहेका छन्।
पद, प्रतिष्ठा र चुनावी जितभन्दा ठूलो उद्देश्य समाज रूपान्तरण र देशको विकास हो भन्ने सन्देश पुनले आफ्नो व्यवहारमार्फत दिन खोजेको टिप्पणी पनि भइरहेको छ।












