काठमाडौंमा ‘पिंक केयराथन २०२६’ आयोजना हुँदै
काठमाडौं।महिलाको स्वास्थ्य, सशक्तिकरण र सामाजिक सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘काठमाडौं पिंक केयराथन २०२६’ आयोजना हुने भएको छ।
आयोजक Leisure Port Nepal Pvt Ltd का अनुसार “A Run For Change” भन्ने नारासहित केयराथन चैत १ (१४ मार्च २०२६) मा आयोजना गर्न लागिएको हो। कार्यक्रम Jawalakhel Football Ground, ललितपुरबाट बिहान ६:०० बजे सुरु हुने जनाइएको छ।


आयोजकले सहभागी हुन इच्छुक व्यक्तिहरूलाई अनलाइनमार्फत दर्ता गर्न आग्रह गरेको छ। दर्ता प्रक्रिया Khalti प्लेटफर्ममार्फत खुला गरिएको छ भने कार्यक्रमसम्बन्धी थप जानकारी आधिकारिक वेबसाइट pinkcareathon.com मा उपलब्ध रहेको बताइएको छ।
यस केयराथनमार्फत महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य आयोजकको रहेको छ। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका धावक तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।













