चीन–उत्तर कोरिया बीच यात्रुवाहक रेल सेवा पुनः सुरु – Sagarmathapana:: Online News Portal

चीन–उत्तर कोरिया बीच यात्रुवाहक रेल सेवा पुनः सुरु

   २०८२ फाल्गुन २७ गते  

काठमाडौं।कोभिड–१९ महामारीका कारण लामो समयदेखि स्थगित रहेको चीन र उत्तर कोरियाबीचको यात्रुवाहक रेल सेवा पुनः सञ्चालनमा आउने भएको छ।

चीनको रेल प्राधिकरणका अनुसार बेइजिङ–प्योङयाङ बीच यात्रुवाहक रेल सेवा बिहीबारदेखि सुरु गरिनेछ। उक्त मार्गमा हप्तामा चार पटक रेल सञ्चालन हुने बताइएको छ। यस्तै, चीनको सीमावर्ती सहर दानडोङबाट उत्तर कोरियाको राजधानी प्योङयाङसम्म दैनिक रेल सेवा सञ्चालन हुने जनाइएको छ।

महामारीपछि पहिलोपटक नियमित यात्रुवाहक रेल सेवा पुनः सुरु हुन लागेकाले दुई देशबीचको आवतजावत, व्यापारिक गतिविधि तथा सांस्कृतिक आदानप्रदान बढ्ने अपेक्षा गरिएको छ।

रेल सेवाको टिकट भने हालका लागि चीनभित्र अफलाइन माध्यमबाट मात्रै उपलब्ध हुने चीनको रेल प्राधिकरणले जनाएको छ।

कोभिड–१९ महामारी सुरु भएपछि चीन–उत्तर कोरिया बीचको अधिकांश यातायात सेवा रोकिएको थियो। अब रेल सेवा पुनः सञ्चालनमा आएपछि द्विपक्षीय सम्बन्ध र जनस्तरको सम्पर्क थप सक्रिय हुने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै