यो मेरो मात्र होइन, सम्पूर्ण गोर्खालीहरूको विश्वासको जित हो”- सुदन गुरुङ
काठमाडौं।प्रतिनिधि सभाको निर्वाचनपछि नेता Sudan Gurung ले आफूलाई विश्वास गरेर साथ दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले मतदाता, साथीभाइ, दाजुभाइ–दिदीबहिनी तथा अग्रजहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका हुन्।
गुरुङले कुनै स्वार्थ बिना दिनरात खटेर घामपानी नभनी चुनावी अभियानमा साथ दिएको भन्दै समर्थकहरूको माया, भरोसा र देशप्रतिको भावना कहिल्यै नबिर्सने बताएका छन्। उनका अनुसार प्रत्येक मतदाता आफ्नो ठाउँमा असल व्यक्ति, सच्चा देशभक्त र आफ्नो क्षेत्रका असली प्रतिनिधि हुन्।

उनले चुनावी अभियानका क्रममा समय अभावका कारण कतिपय स्थानमा घरदैलो कार्यक्रममा पुग्न नसकेको उल्लेख गर्दै अब बाँकी रहेका सबै ठाउँहरूमा आफू स्वयम् पुगेर भेटघाट तथा संवाद गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
गुरुङले अन्त्यमा यो जित कुनै एक व्यक्तिको नभई सम्पूर्ण गोर्खालीहरूको विश्वास, एकता र आशाको जित भएको बताएका छन्।












