७१ वर्षमा संसद् प्रवेश : महावीर पुन प्रतिनिधि सभामा निर्वाचित – Sagarmathapana:: Online News Portal

७१ वर्षमा संसद् प्रवेश : महावीर पुन प्रतिनिधि सभामा निर्वाचित

   २०८२ फाल्गुन २७ गते  

काठमाडौं। महावीर पुन ७१ वर्षको उमेरमा प्रतिनिधि सभाको निर्वाचन जित्दै संघीय संसदमा प्रवेश गर्नुभएको छ। संसदमा निर्वाचित माननीयहरूमध्ये उहाँ हाल सबैभन्दा पाको उमेरका सदस्य हुनुहुन्छ।

परम्पराअनुसार संसदको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन गरिने भएकाले सम्भवतः पहिलो संसदीय बैठक पनि महावीर पुनकै अध्यक्षतामा बस्ने अनुमान गरिएको छ। विज्ञान, प्रविधि र ग्रामीण विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका पुन संसदमा प्रवेशसँगै नीति निर्माण तहमा सक्रिय हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्दै आउनुभएका उहाँले लामो समयदेखि देशमा वैज्ञानिक सोच र प्रविधिको विकासका लागि काम गर्दै आउनुभएको छ। संसदमा उहाँको उपस्थितिले अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनसम्बन्धी नीतिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

महावीर पुनको विजयसँगै सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै