मन्थन २०८२ अन्तर्गत नेशनल लाईफको अभिकर्ता तालिम सम्पन्न – Sagarmathapana:: Online News Portal

मन्थन २०८२ अन्तर्गत नेशनल लाईफको अभिकर्ता तालिम सम्पन्न

   २०८२ चैत्र २५ गते  

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीको मासिक योजना “मन्थन २०८२” अन्तर्गत उत्कृष्ट बीमाशुल्क संकलन गरी छनोट भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न शाखाबाट १६० जना अभिकर्ताहरूलाई महेन्द्रनगर, शुक्लाफाँटा स्थित होटल ओपेरामा तालिम प्रदान गरिएको हो।

उक्त तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले सञ्चालन गरेका थिए। उनले बीमा क्षेत्रमा चर्चित ‘एमडीआरटी’ (MDRT) लक्ष्य हासिल गर्ने प्रभावकारी उपायहरू उदाहरणसहित प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागीहरूलाई स्वागत गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले अभिकर्ताहरूलाई पेशागत रूपमा उत्कृष्ट बनाउन निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा विभिन्न शाखाबाट उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो। शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रत्यक्ष सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए। साथै, सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै