EN
मेनु
Flash News

साढे ८ करोडभन्दा बढी बिगोको अनुचित लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं।साढे ८ करोड रुपैयाँभन्दा बढी बिगो रहेको अनुचित लेनदेनसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–२९, अनामनगरबाट ६५ वर्षीय हरि चाम्लिङलाई पक्राउ गरेको हो।

नेहा मल्लको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको अनुचित लेनदेनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले गत कात्तिक ११ गते चाम्लिङविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।

प्रहरीका अनुसार उक्त मुद्दामा ८ करोड ६२ लाख ९८ हजार ८३३ रुपैयाँ बिगो कायम रहेको छ।

पक्राउ परेका चाम्लिङमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ।