EN
मेनु
Uncategorized

पत्रकारको आलोचनापछि महावीर पुनले खोले भोजको खर्च विवरण,भने–‘ठूलो गल्ती भएछ’ यो भोज नै मेरो अन्तिम भोज हुने भयो यार’

काठमाडौं।सामाजिक सञ्जालमा भोज गरेको विषयलाई लिएर आलोचना भएपछि महावीर पुनले स्पष्टीकरण दिएका छन्। उनले केही साथीहरूसँग आफ्नो डेरामा बसेर सामान्य खाना खाने सल्लाहअनुसार भोज आयोजना गरिएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले उक्त भोजमा ३ किलो बंगुरको मासु र २ किलो कुखुराको मासु तथा साग, धनियाँ, मुला र काँक्रा मात्रै रहेको उल्लेख गरेका छन्।

उनका अनुसार भोजमा बनाइएको खाना चित्र र लुकेश भाइले पकाएका थिए। त्यस्तै, ह्विस्की, वाइन, कोदोको रक्सी र बियर भने साथीहरूले नै ल्याएको उनले स्पष्ट पारेका छन्।

पत्रकार साथीहरूले उक्त भोजलाई लिएर गरेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै पुनले आफूले देश नै समाप्त पार्ने गरी ठूलो भोज गरेको जसरी समाचार आएको आशय व्यक्त गरेका छन्।

उनले भोज आफ्नै डेरामा नभई मामाको बैठक कोठामा खाएको समेत स्पष्ट पारेका छन्।

आलोचनापछि व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै पुनले लेखेका छन्, ‘यो भोज नै मेरो अन्तिम भोज हुने भयो यार।’

साथै उनले पत्रकारहरूलाई सम्बोधन गर्दै ‘माफ पाऊँ पत्रकार सरकारहरू ! ठूलो गल्ती भएछ’ भन्दै आफ्नो पोस्टको अन्त्य गरेका छन्।