काठमाडौं।पदबाट जिम्मेवारीमुक्त गरिएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सरकारले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाएको दाबी गर्दै कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सरकारको निर्णय बदर गरी आफूलाई पुनः पदमा बहाली गर्न माग गर्दै उनले अदालतको ढोका ढकढक्याएका हुन्।
उक्त रिटमाथि सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको छ। सुनुवाइपछि अदालतले सरकारको निर्णय कार्यान्वयन र रिटको आगामी प्रक्रियाबारे आवश्यक आदेश दिन सक्नेछ।
यस मुद्दाको सुनुवाइलाई प्रहरी संगठनको नेतृत्व परिवर्तन र सरकारको निर्णयको कानुनी वैधताका दृष्टिले चासोका साथ हेरिएको छ।






