अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सपकोटा निर्वाचित
१७ माघ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको निर्वाचनमा अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै विजयी सापकोटाले ६ सय ८६ र हेमन्त राईले ६ सय १५ मत ल्याउनु भएको छ।
उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल तथा महासचिवमा रोशन थापा मगर र कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित हुनुभएको छ ।
यस्तै निर्वाचित उपमहासचिवमा गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) बिपिन पोखरेल (कोशी) उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ निर्वाचित भएका छन्।
सचिव पदमा विरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल,युन्छो हाङ माबो तिर्सना आले मगर,जितेन्द्र भण्डारी, प्रेम जैशी र खुला सचिवमा शिशिर बस्याल निर्वाचित भएका छन्।












