![]()
काठमाडौं।नेपालमा पहिलोपटक आयोजना गरिएको Matcha Latte Art Throwdown सफलतापूर्वक सम्पन्न भएको छ। Matcha को प्रयोग, बारिस्टा सीप र बदलिँदो पेय संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले Matcha X ले आयोजना गरेको प्रतियोगितामा विभिन्न क्याफे तथा बारिस्टा समुदायका प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो।

![]()

प्रतियोगितामा Barista Club की बन्धना राना मगर प्रथम हुँदै नेपालको पहिलो Matcha Latte Art Throwdown च्याम्पियन बनेकी छन्।Himalayan Java का सुरज लामा दोस्रो तथा Mountain Java की प्रतिमा श्रेष्ठ तेस्रो स्थानमा रहे।
प्रतियोगितामा प्रतिस्पर्धीहरूले एस्प्रेसोको सट्टा Matcha प्रयोग गरी आफ्नो Latte Art प्रस्तुत गरेका थिए। Matcha तयार गर्ने, दूध स्टिम गर्ने तथा निर्धारित समयभित्र आकर्षक डिजाइन प्रस्तुत गर्ने क्षमताका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरिएको थियो। प्राविधिक दक्षता, सिर्जनशीलता, सममिति, कन्ट्रास्ट, स्पष्टता र समग्र प्रस्तुतीकरणलाई मूल्यांकनका प्रमुख आधार बनाइएको आयोजकले जनाएको छ।


प्रतियोगिताको निर्णायक मण्डलमा कुशल मान श्रेष्ठ, बबिता श्रेष्ठ र फाल्गुनी श्रेष्ठ रहेका थिए भने निपेन महारजन ले प्रमुख निर्णायकको जिम्मेवारी सम्हालेका थिए।
Matcha लाई नेपालमा नयाँ पेय श्रेणीका रूपमा विकास गर्ने, यसको प्रयोग तथा सम्भावनाबारे सचेतना बढाउने र क्याफे तथा आतिथ्य क्षेत्रमा यसको व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको Matcha X ले जनाएको छ।


पछिल्लो समय विश्वभर Matcha विभिन्न प्रकारका पेयमा प्रयोग हुँदै आएको छ। Matcha Latte, Strawberry Matcha, Vanilla Matcha तथा Blueberry Matcha जस्ता पेयहरू नयाँ स्वाद र आकर्षक प्रस्तुतिका कारण लोकप्रिय भइरहेका छन्। Matcha मा प्राकृतिक रूपमा क्याफिन र L-theanine पाइने भएकाले कतिपय उपभोक्ताले यसलाई कफीको विकल्प वा पूरक पेयका रूपमा समेत प्रयोग गर्ने गरेका छन्।
नेपालमा पनि बढ्दो क्याफे संस्कृति र नयाँ स्वादप्रतिको युवा पुस्ताको आकर्षणले Matcha का लागि नयाँ बजार सिर्जना भइरहेको Matcha X को भनाइ छ। कम्पनीले क्याफे, होटल, रेस्टुरेन्ट तथा नयाँ उद्यमीलाई Matcha मेनु विकास, उत्पादन छनोट, उपकरण, तालिम तथा व्यवसायिक परामर्शमार्फत सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।
कार्यक्रमलाई Lost Paradise Cafe and Academy ले विशेष सहयोग गरेको थियो। कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रतिस्पर्धी समन्वय तथा समुदायसँगको सम्बन्धमा संस्थाले सक्रिय भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ।
त्यसैगरी The Origin Specialty Coffee Bar and Academy कार्यक्रम साझेदार, Brewing House पेय उपकरण साझेदार तथा Secret Island Flavor Partner का रूपमा सहभागी थिए। कार्यक्रममा Specialty Coffee Samaj को समेत सहयोग रहेको थियो।

विभिन्न कफी व्यवसायी, बारिस्टा, क्याफे सञ्चालक, पेय व्यवसायी तथा Matcha प्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई प्रतियोगितासँगै ज्ञान आदानप्रदान, व्यवसायिक सम्पर्क र समुदाय निर्माणको मञ्चका रूपमा समेत विकास गरेको आयोजकको भनाइ छ।
“Create. Connect. Redefine Matcha.” अवधारणासहित अगाडि बढिरहेको Matcha X ले पहिलो संस्करणको सफलतापछि आगामी दिनमा Matcha टेस्टिङ, तालिम, प्रतियोगिता, व्यवसायिक सहकार्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई थप विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
आयोजकका अनुसार नेपालको पहिलो Matcha Latte Art Throwdown केवल प्रतियोगितामा सीमित नभई नेपाली पेय उद्योगमा Matcha को सम्भावनाबारे नयाँ संवाद सुरु गर्ने प्रयाससमेत हो।




