नेपालगञ्ज।नेपाली चलचित्र ‘बाः एक योद्धा’ले काठमाडौंभन्दा बाहिरका दर्शकमाझ आफ्नो अडियन्स प्रिमियर सुरु गरेको छ । नेपाली चलचित्रहरू प्रायः काठमाडौंमा प्रिमियर तथा विशेष प्रदर्शन गरेपछि मोफसलका दर्शकमाझ पुग्ने परम्परा रहे पनि ‘बाः एक योद्धा’ले भने त्यसको विपरीत यात्रा तय गरेको हो।

![]()
चलचित्रले काठमाडौंअघि नै नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकमाझ अडियन्स प्रिमियर सम्पन्न गरिसकेको निर्माण पक्षले जनाएको छ । चार प्रमुख सहरका दर्शकबाट चलचित्रप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षको दाबी छ ।
![]()
![]()
मोफसलका दर्शकसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले काठमाडौं बाहिरबाट प्रिमियर सुरु गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रप्रति दर्शकको प्रतिक्रिया र चासो बुझ्नका लागि पनि मोफसलमा गरिएको प्रिमियर महत्वपूर्ण रहेको बताइएको छ ।

चारवटा प्रमुख सहरमा प्रिमियर सम्पन्न गरेपछि अब चलचित्र ‘बाः एक योद्धा’को काठमाडौं प्रिमियर गर्ने तयारी भइरहेको छ । निर्माण पक्षका अनुसार असोज ६ गते काठमाडौंमा चलचित्रको विशेष प्रिमियर आयोजना गरिनेछ ।
मोफसलमा प्राप्त दर्शक प्रतिक्रियापछि काठमाडौं प्रिमियरलाई लिएर निर्माण पक्ष उत्साहित देखिएको छ । चलचित्रले काठमाडौंका दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ ।



