मेनु
Flash News

आ बाट आमा २’ को टिजरमा पल, विपना र मलिकाको भावुक कथा

काठमाडौँ।प्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को टिजर सार्वजनिक भएको छ।आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको ३ मिनेट ३८ सेकेन्ड लामो टिजर सोमबार सार्वजनिक गरिएको हो।

टिजरमा अभिनेता पल शाह, अभिनेत्री विपना थापा र मलिका महतलाई केन्द्रमा राख्दै आमा–छोराको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। टिजरमा कृष्णको भूमिकामा रहेका पलले मलिकालाई बोकेर हिँडिरहेको देखिन्छ।

आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने भाव व्यक्त गर्छन्।