त्रिपुरेश्वरमा बसभित्रै आगलागी, चालक अस्पतालमा उपचाररत – Sagarmathapana:: Online News Portal

त्रिपुरेश्वरमा बसभित्रै आगलागी, चालक अस्पतालमा उपचाररत

   २०८३ आश्विन ५ गते  

काठमाडौं।त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक बसमा आगलागी भएको छ। प्रारम्भिक विवरणअनुसार बसमा आगो चालक आफैंले बसभित्र बसेर लगाएको पाइएको छ।

आगलागी गर्नुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ।

आगलागीपछि चालक घाइते भएका छन्। उनको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घटनाको वास्तविक कारण तथा आगलागीको परिस्थितिबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताइएको छ। थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै