कङ्गोमा विद्रोही द्वारा १३ जना विदेशी सैनिकको हत्या – Sagarmathapana:: Online News Portal

कङ्गोमा विद्रोही द्वारा १३ जना विदेशी सैनिकको हत्या

   २०८१ माघ १३ गते  

१३ माघ प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरेको बीबीसीले जनाएको छ।

विद्रोही समूह एम२३ को भीडन्तमा दक्षिण अफ्रिकाका ९, मलावीका ३ र उरुग्वेका १ जना शान्ति सैनिक मारिएका छन् । विद्रोहीहरूलाई कङ्गोको पूर्वमा रहेको गोमा शहरतर्फ प्रवेश गर्नबाट रोक्ने प्रयास गर्दा सैनिकको ज्यान गएको दक्षिण अफ्रिकाको सेनाले जनाएको खबरमा उल्लेख छ ।

बेलायत, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौं देशहरूले आफ्ना नागरिकलाई गोमा शहर छाड्न भनेका छन् भने संयुक्त राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारीहरूलाई गोमाबाट फिर्ता गर्ने भएको छ।

विद्रोहीहरूले अहिलेसम्मकै बढी भू–भाग नियन्त्रणमा लिएपछि यस वर्षको शुरूदेखि युद्ध चर्किएको छ।द्वन्द्वका कारण अघिल्लो वर्ष चार लाख जना मानिसहरू घर छाडेर भागेका राष्ट्रसङ्ले जनाएको छ।

छिमेकी राष्ट्र रुवान्डाले विद्रोही समूह एम२३ लाई समर्थन गरेको भन्दै कङ्गोले कूटनीतिक सम्बन्धविच्छेद गरेको छ ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले विद्रोही र सेनाबीचको लडाइँले नागरिकलाई थप खतरामा पार्न सक्ने चेतावनी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै