साहित्यकारहरू को विचार समेटिएका`लघुकथावार्ता’शीर्षकको पुस्तक प्रकाशन
काठमाडौं। हाम्रो लघुकथा केन्द्रको आयोजनामा पुस्तक विमोचन भएको छ । संस्थाका संरक्षक राजु क्षेत्री `अपुरो´ ले विभिन्न साहित्यकारअरूसँग लिइएको अन्तरवार्तालाई `लघुकथावार्ता ´ शीर्षकको पुस्तक प्रकाशन गरेका हुन् । २४ जना साहित्यकारहरूले लघुकथा सम्बन्धि दिनुभएको विचार र विमर्शहरू पुस्तकमा समेटिएका छन् ।




पुस्तक विमोचन कार्यक्रममा सभापति संस्थाकी अध्यक्ष लता के. सी. थिइन् भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोपाल अस्कल थिए । विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी, रमेश पण्डित तुफान, महेश प्रसाईं , रासा, पुष्कर खड्का आदि थिए ।


लघुकथा गान बजाएर पुस्तक विमोचन गरिएको थियो । संस्थाकि कोषाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
पुस्तकका बारेमा समीक्षा डा. शेखरकुमार श्रेष्ठ , इन्दिरा चापागाईं र मनीष कुमार शर्माले गरेका थिए ।



कार्यक्रममा अन्तरवार्ता दिने साहित्यकारहरू, केन्द्रका पदाधिकारीहरू, विभिन्न संस्थाका सदस्य लागयत थुप्रै साहित्यकारहरूको उपस्थिति थियो । कार्यक्रम सञ्चालन संस्थाकि सदस्य बन्दना घिमिरेले गरेकी थिइन् ।


साहित्यकारहरूको बाक्लो जमघटमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाकि अध्यक्ष लता के. सी. ले सभा विसर्जन गरेकि थिइन् ।
:रामराजा केसि












