जेन–जी आन्दोलनमा क्षतिग्रस्त काँडाघारी प्रहरी भवन पुनर्निर्माणपछि हस्तान्तरण
काठमाडौँ।जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त प्रहरी प्रभाग काँडाघारीको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणपछि भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
स्थानीय तह, टोल सुधार समिति तथा विभिन्न संघसंस्थाको सहयोगमा क्षतिग्रस्त भवनको मर्मत तथा पुनर्निर्माण गरिएको प्रहरीले जनाएको छ।


कार्यक्रममा आईजीपी कार्कीले भवन पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने स्थानीय प्रतिनिधि, सहयोगी व्यक्ति तथा विभिन्न संघसंस्थाका पदाधिकारीलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए।
पुनर्निर्माण सम्पन्न भएसँगै प्रहरी प्रभाग काँडाघारीबाट नियमित प्रहरी सेवा थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।












