ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीको सम्झनामा हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न – Sagarmathapana:: Online News Portal

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीको सम्झनामा हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न

   २०८३ श्रावण २२ गते  

हङकङ।पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपालीसहित अन्तर्राष्ट्रिय आरोहीहरूको सम्झनामा हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

हड्कड नेपाली अल्ट्रा ट्रेल रनिङ संघ हड्कडको आयोजनामा अगस्ट ६ तारिख साँझ ७ बजेदेखि ९ बजेसम्म हङकङको जोर्डनस्थित चुम्लुङ हिमको कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।


सभामा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा दिवंगत आरोहीहरूको योगदानको स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, दुःखद घटनामा ज्यान गुमाएका आरोहीप्रति सम्मान व्यक्त गर्न उपस्थित हङकङमा रहेका नेपाली समुदाय तथा शुभेच्छुकहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

आयोजकले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै