८ करोड ९५ लाख लागतमा महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, कार्यवाहक प्रमुख डंगोलद्वारा उद्घाटन – Sagarmathapana:: Online News Portal

८ करोड ९५ लाख लागतमा महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, कार्यवाहक प्रमुख डंगोलद्वारा उद्घाटन

   २०८३ श्रावण २२ गते  

काठमाडौं।काठमाडौँ महानगरपालिकाले महाङ्काल मन्दिर परिसरस्थित ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरी बिहीबार उद्घाटन गरेको छ। महानगरको सम्पदा तथा पर्यटन विभागले पुनःनिर्माण गरेको सत्तलको उद्घाटन कार्यवाहक प्रमुख सुनिता डंगोलले गर्नुभएको हो।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त सत्तलको पुनःनिर्माण २०८१ मंसिर २४ गते शिलान्यासपछि सुरु गरिएको थियो। करिब ८ करोड ९५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको महानगरले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले ऐतिहासिक तथा प्राचीन सम्पदालाई व्यावसायिक प्रयोजनभन्दा धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

महानगरले पुनःनिर्माण सम्पन्न भएको चौघेरा सत्तलले महाङ्काल मन्दिर क्षेत्रको सांस्कृतिक पहिचान संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै