पर्यटकलाई ‘अनअराइभल भिसा’ मै नेपाल आउन दिन माग – Sagarmathapana:: Online News Portal

पर्यटकलाई ‘अनअराइभल भिसा’ मै नेपाल आउन दिन माग

   २०७८ आश्विन १ गते  

काठमाडौँ – पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन्।नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएयसन अफ नेपाल (टान), होटल संघ नेपाल ९हान०, प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि संघर्षमा उत्रने चेतावनी दिएका छन्।

पर्यटक आगमन सहजताका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्रि भिसा तुरुन्तै लागू गर्न माग गरेका व्यवसायीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थितिअनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने सुझाएका छन् पर्यटन क्षेत्रलगायत अन्य क्षेत्रको माग सम्बोधनका लागि व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ ९एफएनसिसीआई०, नेपाल चेम्बर अफ कमर्श (एनसिसी)र नेपाल उद्योग परिसंघ (सिएनआई) सँग सहकार्य गरेर अगाडि बढ्ने नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले बताए।उनले अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेडजोन’ मा राखिएको हुँदा सो रेडजोन हटाउनका लागि पर्यटनकर्मीलाई पूर्ण रूपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रूपमा आउन दिनुपर्ने बताए।

क्वारेन्टिन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेडजोनबाट सुरक्षित जोनका रूपमा विश्व बजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सोको अविलम्ब व्यवस्था गर्न व्यवसायीले अनुरोध गरेका छन्। चौध वटै संस्थाका अध्यक्ष तथा पदाधिकारीको बिहीबार भएको बैठकले पाँचबुँदे मागसहित विज्ञप्ति सार्वजनिक गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै