पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल ५ रुपैयाँ महँगियो – Sagarmathapana:: Online News Portal

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल ५ रुपैयाँ महँगियो

   २०८३ श्रावण १८ गते  

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य सोमबार बिहान १२:०१ बजेदेखि लागू भएको हो।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य २०० रुपैयाँ कायम गरिएको छ। पहिलो र दोस्रो वर्गका क्षेत्रमा पनि वर्गीकरणअनुसार नयाँ दर लागू गरिएको निगमले जनाएको छ। 

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेकाले मूल्य समायोजन गर्नुपरेको हो। मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब १४ करोड रुपैयाँ घाटा हुने जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै