थाइल्याण्डमा नेपाली खेलाडीको सफलता, कागेश्वरी तेक्वान्दो क्लबले जित्यो ४ पदक – Sagarmathapana:: Online News Portal

थाइल्याण्डमा नेपाली खेलाडीको सफलता, कागेश्वरी तेक्वान्दो क्लबले जित्यो ४ पदक

   २०८३ श्रावण १८ गते  

काठमाडौं।थाइल्याण्डको पर्यटकीय सहर पट्टायामा सम्पन्न 9th Heroes International Taekwondo Championship 2026 मा नेपालबाट सहभागी कागेश्वरी तेक्वान्दो डोजाङ एण्ड स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, २ रजत र १ कांस्यसहित कुल ४ पदक जितेको छ।

प्रतियोगितामा क्लबका खेलाडी विष्णु खत्रीले पुरुष क्योरुगी (३० वर्षमाथि, ६०–७० केजी) विधामा स्वर्ण पदक जित्दै नेपालको गौरव बढाएका छन्। उनले स्पिड किक (१८ वर्षमाथि) विधामा पनि उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक आफ्नो नाममा पारे।

यस्तै, सुजुका घलानले महिला क्योरुगी (३२–३६ केजी) विधामा रजत पदक जितिन् भने स्पिड किक (९–१० वर्ष) विधामा कांस्य पदक हात पार्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रतिभा प्रमाणित गरिन्।

क्लबका अनुसार खेलाडीहरूको निरन्तर अभ्यास, अनुशासन, प्रशिक्षकको प्रभावकारी मार्गदर्शन तथा अभिभावकको साथ–सहयोगका कारण यो उपलब्धि सम्भव भएको हो। यस सफलताले नेपाली तेक्वान्दोको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ रहेको सन्देश दिएको क्लबको भनाइ छ।



यस उपलब्धिसँगै कागेश्वरी तेक्वान्दो डोजाङ एण्ड स्पोर्ट्स क्लबले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाएको भन्दै पदक विजेता खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण टोलीलाई विभिन्न क्षेत्रबाट बधाई र आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै