रामकृष्ण ढकाल–अञ्जु पन्तको स्वरमा टेक तामाङको नयाँ गीत सार्वजनिक,पल शाह र बिना राउतको आकर्षक अभिनय
काठमाडौं।गीतकार टेक तामाङको शब्द, अडियो तथा भिडियो निर्माणमा तयार भएको नयाँ गीत सार्वजनिक गरिएको छ। वरिष्ठ गायक रामकृष्ण ढकाल र चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको गीतमा कंकाइस्ट राईको संगीत रहेको छ।
![]()
![]()
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ देबेश राईले गरेका हुन् भने रेकर्डिङ योगिन मुकारुङले सेवा रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका छन्।


गीतको भिडियो निर्देशक तथा कोरियोग्राफर अभिषेक वाग्ले ‘एबी’ले निर्देशन गरेका छन्। भिडियोमा अभिनेता पल शाह र मोडल बिना राउत मुख्य भूमिकामा देखिएका छन्। उनीहरूसँगै सुरज तामाङ र रेशु गुरुङको पनि अभिनय रहेको छ।

भिडियोको छायांकन, सम्पादन तथा कलर ग्रेडिङ पवन सुस्लिङले गरेका छन् भने सहायक सम्पादकका रूपमा प्रवेश खत्रीले काम गरेका छन्। मेकअप पुनम चौधरीले गरेकी छन् भने सह–कोरियोग्राफर रितेश सिन्जाली मगर रहेका छन्।


भ्यालेन्टिनो बुटिकले वेशभूषा व्यवस्थापन गरेको भिडियोको उत्पादन व्यवस्थापन हरि अधिकारीले सम्हालेका छन्। गोकर्ण फरेस्ट रिसोर्ट र तारागाउँ सङ्ग्रहालयले छायांकनमा सहकार्य गरेका छन्।
निर्माण पक्षका अनुसार गीतमा प्रेम, भावना र नेपाली सांगीतिक स्वादलाई आधुनिक प्रस्तुतिसँग संयोजन गर्ने प्रयास गरिएको छ। अनुभवी गायक–गायिकाको स्वर, आकर्षक संगीत र दृश्य प्रस्तुतिका कारण गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरिएको छ।












