अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत – Sagarmathapana:: Online News Portal

अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत

   २०७८ आश्विन १ गते  

१ असोज, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको छ ।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । उनका अनुसार महासंघमा करिब १०० वटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यसमा सहमति जनाएको छैन । विभागका अधिकारीहरुका अनुसार असोज ६र७ गतेतिर फेरि छलफल गर्ने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै