प्रधानमन्त्री ओली द्वारा ऋषि धमला सम्मानित, पत्रकारिताको योगदानको चर्चा – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओली द्वारा ऋषि धमला सम्मानित, पत्रकारिताको योगदानको चर्चा

   २०८१ पुष २० गते  

काठमाडौं । वरिष्ठ पत्रकार ऋषि धमला कल्प इम्पावर वेमेन नेपालद्वारा सम्मानित भएका छन्। प्राइम टेलिभिजनका अध्यक्ष धमला लाई (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र हस्तान्तरण गरेका हुन्।

स्थानीय तहमा निर्वाचित भइ नेपाली महिला जनप्रतिनिधिहरूलाई सञ्चार गर्ने अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री ओलीले धमलाको मुक्तकण्ठले प्रशंसा गरे। सो क्रममा आयोजक कल्प इम्पावर वेमेन नेपालले युवाहरूको प्रयासलाई विश्वास गरी कार्यक्रमलाई जनमानससम्म पु¥याउन सेतुको काम गरेको चर्चा गर्दै कृतज्ञता व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै