नाडा अटो शोमा Vespa र Aprilia विशेष अफर, २८ हजारसम्मको लाभ – Sagarmathapana:: Online News Portal

नाडा अटो शोमा Vespa र Aprilia विशेष अफर, २८ हजारसम्मको लाभ

   २०८३ भाद्र १० गते  

काठमाडौं।भेस्पा तथा अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ ।

नाडा अटो शोको स्टल नम्बर TWE-11 मा उपलब्ध यस योजनाअन्तर्गत शो अवधिभर Vespa वा Aprilia स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार रुपैयाँसम्मको विशेष लाभ पाउने कम्पनीले जनाएको छ । स्कुटर खरिद गर्ने ग्राहकले Vespa तथा Aprilia को विशेष ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ ।

यसपटक Vespa ले नाडा अटो शोमा ‘Italian Café-inspired Theme’ मा आफ्नो स्टल तयार गरेको छ । स्टलमार्फत इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभव प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

प्रदर्शनीमा नयाँ Aprilia SR 175 HPE, Lilac रंगको Vespa 125 र Oro रंगको Vespa S 125 मुख्य आकर्षणका रूपमा राखिएका छन् । साथै Aprilia का Storm 125 र SR 160 तथा Vespa का ZX 125, Vespa 125 र Vespa S 125 का विभिन्न मोडल तथा रंगहरू प्रदर्शनीमा राखिएका छन् ।

डेल्टा अटोकोर्पका निर्देशक तथा सीईओ विजय कुमार महतोले नाडा अटो शोमार्फत Vespa र Aprilia का नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताए ।

उनले नयाँ Aprilia SR 175 HPE, Lilac Vespa 125 र Oro Vespa S 125 ले ग्राहकलाई नयाँ विकल्प र प्रिमियम अनुभव दिने बताए । साथै Café-themed स्टल र ‘The Saving Extravaganza’ योजनाले नाडा अटो शोको अनुभव थप विशेष बनाउने उनको भनाइ छ ।

Vespa तथा Aprilia का नयाँ मोडल र विशेष अफरबारे जानकारी लिन ग्राहकले नाडा अटो शो २०२६ को स्टल नम्बर TWE-11 मा पुग्न सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै