सुजुकीको ‘पर्वोत्सव’ अफर : १ लाख नगद छुटदेखि एक्सचेन्ज बोनससम्म – Sagarmathapana:: Online News Portal

सुजुकीको ‘पर्वोत्सव’ अफर : १ लाख नगद छुटदेखि एक्सचेन्ज बोनससम्म

   २०८३ भाद्र १० गते  

काठमाडौं।नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ। ग्राहकलाई सुजुकी गाडी खरिद तथा स्वामित्व थप सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको योजना केही दिनअघिदेखि नै सञ्चालनमा छ।

योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मतसम्भार सेवा (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यी सुविधा मोडलअनुसार फरक हुनेछन् र देशभरका सुजुकी शोरुममा उपलब्ध हुनेछन्।

‘सुजुकी पर्वोत्सव’मा अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारासहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ। योजना २०८३ साउन २७ देखि मंसिर १५ गतेसम्म अर्थात् २०२६ अगस्ट १२ देखि डिसेम्बर १ सम्म लागू हुनेछ।

ईभिटारामा छुट्टै प्रमोसन र होम चार्जर

ईभिटाराका लागि सञ्चालनमा रहेको ‘फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ भने छुट्टै अफरका रूपमा जारी रहनेछ। पहिलो १०० युनिट बिक्री भएपछि ‘सुजुकी पर्वोत्सव’का मोडलअनुसारका सुविधा ईभिटारामा पनि लागू हुने कम्पनीले जनाएको छ।

ईभिटारा खरिद गर्ने ग्राहकले गाडीसँग उपलब्ध ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्। होम चार्जर जडान भने ग्राहकको परिसरमा सम्भाव्यताको अधीनमा रहनेछ।

नाडा अटो शोमा नयाँ ब्रेजाको प्रदर्शनी

‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक भइरहेका बेला नयाँ ब्रेजा पनि ‘नाडा अटो शो २०२६’ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक हुँदैछ। नयाँ ब्रेजा प्रदर्शनीको छ दिनसम्म सुजुकी प्याभिलियनमा राखिनेछ।

आगन्तुकले गाडीको डिजाइन तथा फिचर अवलोकन गर्नुका साथै गाडीभित्र बसेर अनुभव गर्न र सुजुकीका प्रडक्ट विशेषज्ञबाट नयाँ पावरट्रेन, सुरक्षा तथा अन्य प्रविधिबारे जानकारी लिन सक्नेछन्। कम्पनीका अनुसार नयाँ ब्रेजाले ५-स्टार भारत एनक्याप (Bharat NCAP) सुरक्षा रेटिङ प्राप्त गरेको छ।

नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप २०८३ भदौ ९ देखि १४ गतेसम्म (२०२६ अगस्ट २५ देखि ३०) भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शोको सुजुकी प्याभिलियन स्टल A*2 मा अवलोकन गर्न सकिनेछ।

अटो शोका क्रममा सुजुकी प्याभिलियनमा छनोट गरिएका मोडल बुकिङ गर्ने ग्राहकका लागि ‘सुजुकी पर्वोत्सव’अन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने ‘स्क्र्याच एन्ड विन’ अफर समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले ग्राहकलाई नजिकैको आधिकारिक सुजुकी डिलरसिप तथा नाडा अटो शोमा पुगेर मोडलअनुसारका सुविधा र योग्यताबारे विस्तृत जानकारी लिन आग्रह गरेका छन्।

कम्पनीका अनुसार इच्छुक ग्राहकले योजना, भेरियन्टअनुसारको योग्यता तथा आवश्यक कागजातबारे देशभरका आधिकारिक सुजुकी डिलरसिप वा नाडा अटो शोमा रहेको सुजुकी प्याभिलियनबाट जानकारी लिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै