नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक – Sagarmathapana:: Online News Portal

नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक

   २०८३ भाद्र १० गते  

काठमाडौं।नाडा अटो शो–२०२६ को पहिलो दिन हाइगरको प्रिमियम विद्युतीय कोच ‘भी सिरिज’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले ३१ सिट क्षमताको विद्युतीय कोच सार्वजनिक गरेको हो।

हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।


बसमा २७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, डबल एयर सस्पेन्सन, अगाडि तथा पछाडि डिस्क ब्रेक, एबीएस र ईबीडी सिस्टम उपलब्ध छन्। यात्रुको आरामका लागि उच्च गुणस्तरको एसी तथा हीटर र चालकका लागि अटो एडजस्टेबल एयर सस्पेन्डेड सिट राखिएको छ।

कम्पनीले ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार नेपालमा भित्रिएका व्यावसायिक सवारीसाधनमध्ये यो लामो ब्याट्री वारेन्टीमध्ये एक हो।

बसमा नेपाल सरकारले सार्वजनिक यातायातमा अनिवार्य गर्न लागेको सीसीटीभी क्यामेरा र जीपीएस प्रणालीसमेत जडान गरिएको छ। ब्लाइन्ड स्पट न्यून हुने गरी डिजाइन गरिएको कम्पनीको भनाइ छ।

शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रद्युम्न केसीले लामो दूरीका लागि विभिन्न आकार तथा क्षमताका प्रिमियम कोचसँगै शहरी यातायातका लागि ८ देखि १४ मिटरसम्मका सिटी बस उपलब्ध रहेको बताए। ग्राहकको आवश्यकताअनुसार बस कस्टमाइज गर्न सकिने उनले जानकारी दिए।

उनका अनुसार डिजेल बसको तुलनामा विद्युतीय बसबाट हुने आम्दानी तीन गुणासम्म बढी हुन सक्छ।

सहायक निर्देशक दिवसबाबु सुवेदीले बिक्रीपछिको सेवाका लागि आवश्यक जनशक्ति तथा स्पेयर पार्ट्सको व्यवस्था गरिएको बताए। बस खरिदकर्ता तथा सञ्चालकका लागि ९७१४५८८३३८ नम्बरको डेडिकेटेड हटलाइनसमेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

कम्पनीका अनुसार हाइगरका बस नेपाली बजारमा १८ वर्षदेखि सञ्चालनमा छन् र ट्राभल्स तथा टुर्स व्यवसायीको रोजाइमा पर्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै