सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा – Sagarmathapana:: Online News Portal

सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा

   २०८३ श्रावण २७ गते  

काठमाडौं।सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा सिराहामा भएका घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ती घटनामा ज्यान गुमाएका व्यक्तिलाई राज्यले औपचारिक रूपमा सहिदको सम्मान दिने निर्णय गरेको हो।

सरकारले घटनामा ज्यान गुमाएकाहरूको योगदान र परिवारले भोग्नुपरेको क्षतिलाई ध्यानमा राख्दै सहिद घोषणा गर्ने निर्णय गरेको जनाएको छ।

सुनसरी र सिराहामा पछिल्लो समय भएका घटनाका क्रममा तनाव सिर्जना हुँदा मानवीय क्षति भएको थियो। सरकारले मृतकलाई सहिद घोषणा गर्दै पीडित परिवारप्रति राज्यको दायित्व पूरा गर्ने प्रक्रिया अघि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै