टाटा मोटर्सले नेपालमा ल्यायो दुई नयाँ विद्युतीय कार, मूल्य २८.९९ लाखदेखि – Sagarmathapana:: Online News Portal

टाटा मोटर्सले नेपालमा ल्यायो दुई नयाँ विद्युतीय कार, मूल्य २८.९९ लाखदेखि

   २०८३ श्रावण २७ गते  

काठमाडौं।टाटा मोटर्सले नेपालमा नयाँ पुस्ताको Tiago.ev र Punch.ev विद्युतीय कार सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङमार्फत नेपाली बजारमा ल्याइएका यी दुई मोडललाई ‘NAIMA Mobility Expo 2026’ को अवसरमा विशेष मूल्यमा उपलब्ध गराइएको हो।

कम्पनीका अनुसार Tiago.ev को प्रारम्भिक मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा २४ kWh ब्याट्री प्याक र ४८ kW विद्युतीय मोटर रहेको छ भने कम्पनीको वेबसाइटमा यसको वास्तविक प्रयोगमा आधारित दायरा २०५ किलोमिटर उल्लेख गरिएको छ।

Screenshot

त्यस्तै, Punch.ev को NAIMA अफर मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। Punch.ev मा ३५ kWh ब्याट्री, ९० kW मोटर, १९० Nm टर्क तथा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभ मोड उपलब्ध छन्। यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर र बुट स्पेस ३६६ लिटर रहेको छ।

सिप्रदीले दुवै विद्युतीय कारमा आधुनिक प्रविधि, आकर्षक डिजाइन र विद्युतीय ड्राइभिङ अनुभवलाई प्राथमिकता दिइएको जनाएको छ। कम्पनीको अनलाइन बुकिङ प्रणालीमार्फत पनि Tiago.ev र Punch.ev बुक गर्न सकिने व्यवस्था छ।

Tiago.ev र Punch.ev नेपाली बजारमा टाटाको विद्युतीय कारको पहुँच थप फराकिलो बनाउने उद्देश्यसहित ल्याइएको कम्पनीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै