बीवाईडीको ‘अपडेट टु केयर प्लस’ योजना सार्वजनिक,ग्राहकलाई पाँच आकर्षक सुविधा – Sagarmathapana:: Online News Portal

बीवाईडीको ‘अपडेट टु केयर प्लस’ योजना सार्वजनिक,ग्राहकलाई पाँच आकर्षक सुविधा

   २०८३ श्रावण २४ गते  

काठमाडौं।नेपालका लागि बीवाईडी विद्युतीय गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहकको सुविधा तथा बिक्रीपछिको सेवालाई थप मजबुत बनाउने उद्देश्यले ‘बीवाईडी अपडेट टु केयर प्लस’ योजना सार्वजनिक गरेको छ।

कम्पनीले विद्यमान तथा नयाँ बीवाईडी गाडीधनीलाई लक्षित गर्दै केयर प्लस, कनेक्ट प्लस र प्रोटेक्ट प्लस गरी तीन मुख्य श्रेणीअन्तर्गत विभिन्न सुविधा उपलब्ध गराउने जनाएको छ।


पाँच विशेष सुविधा

योजनाअन्तर्गत बीवाईडी गाडीधनीले ६ महिनासम्म प्रतिमहिना १० जीबी निःशुल्क एप कनेक्टिभिटी डेटा प्राप्त गर्नेछन्। त्यस्तै, घरमा चार्जर प्रयोग गरिरहेका ग्राहकका लागि एक पटक निःशुल्क होम चार्जर चेकअप सेवा उपलब्ध हुनेछ।

यसैगरी, गाडीको डेन्ट–पेन्ट गराउँदा श्रमिकको ज्यालामा १० प्रतिशत छुट, नयाँ स्पेयर टायर खरिदमा १० प्रतिशत छुट तथा गाडीको तल्लो भाग र ब्याट्री सुरक्षाका लागि अन्डरबडी ब्याट्री कभरमा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।


तीन पिलरमा आधारित सेवा

‘केयर प्लस’ अन्तर्गत बीवाईडीको आधिकारिक सर्भिस प्रणालीमार्फत विस्तृत सवारी निरीक्षण, जेन्युइन स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित बीवाईडी प्राविधिकबाट सेवा उपलब्ध गराइनेछ।


‘कनेक्ट प्लस’ अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा समेटिएका छन्। यी सेवाका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ।

त्यस्तै, ‘प्रोटेक्ट प्लस’ अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टी तथा दुर्घटनापछि बीमा दाबी प्रक्रियामा सहजीकरण गरिनेछ। योजनामा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश गरिएको छ। नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहकार्य गर्नेछन्।

सर्भिस नेटवर्क १९ पुर्‍याइँदै

ग्राहकलाई देशभर छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले साइमेक्स इंकले आफ्नो सर्भिस नेटवर्क विस्तार गरिरहेको जनाएको छ। कम्पनीका सीईओ साहिल श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेका १३ वटा सर्भिस सेन्टरलाई विस्तार गरी छिट्टै १९ वटा पुर्‍याइनेछ।

कम्पनीका हेड अफ सर्भिस सुशील तण्डुकारले गाडी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध र जिम्मेवारी निरन्तर रहने बताए। ग्राहकलाई सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले ‘अपडेट टु केयर प्लस’ योजना ल्याइएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै