बर्दियामा विपद् व्यवस्थापन सम्बन्धी ‘टेबलटप सिमुलेसन’ अभ्यास सम्पन्न

रीता गुरुङ ,बर्दिया
बर्दिया।बर्दियाको गुलरियामा विपद् व्यवस्थापन सम्बन्धी ‘टेबलटप सिमुलेसन’ (Table-top Simulation) अभ्यास सम्पन्न भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा सम्पन्न अभ्यासमा जिल्लाका तीनवटै सुरक्षा निकाय, स्थानीय समुदाय तथा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



सम्भावित विपद्का समयमा अपनाउनुपर्ने तयारी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय तथा सूचना आदानप्रदानलाई थप व्यवस्थित गर्ने उद्देश्यले अभ्यास गरिएको हो।
अभ्यासका क्रममा विपद्का सम्भावित घटनालाई आधार बनाएर सम्बन्धित निकायको भूमिका, जिम्मेवारी र तत्काल गर्नुपर्ने कार्यबारे छलफल तथा अभ्यास गरिएको थियो। यस्ता अभ्यासले वास्तविक विपद्का समयमा निर्णय क्षमता, समन्वय र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।















