पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
पोखरा।बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका–१०, बुद्धचोकमा फ्ल्यास मोबिलिटी प्रा.लि.मार्फत सञ्चालनमा आएको नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्ससहितको थ्रीएस सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।



सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। नयाँ सेन्टरबाट गण्डकी प्रदेश तथा आसपासका बीवाईडी ग्राहकले कम्पनीकै आधिकारिक सञ्जालमार्फत प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स तथा दक्ष प्राविधिकको सेवा प्राप्त गर्नेछन्।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा लिँदै आएका थिए। अब भने आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएपछि अत्याधुनिक उपकरण तथा कम्पनीको मापदण्डअनुसारको सेवा उपलब्ध हुने भएको छ।

![]()

करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीका लागि विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बेको व्यवस्था गरिएको छ। सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।
ग्राहकले यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्ससहितका सेवा पाउनेछन्।


साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सवारी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध र जिम्मेवारी निरन्तर रहने बताउँदै पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनले ग्राहकलाई थप सहज र विश्वसनीय सेवा प्रदान गर्ने बताए।
नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला बिक्रीपछिको सेवा सञ्जाललाई देशव्यापी रूपमा विस्तार गर्ने रणनीतिअनुसार पोखरामा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको बीवाईडी नेपालले जनाएको छ।













