माइतीघरको डुबान समस्या समाधान गर्न महानगरले थाल्यो अवरोध हटाउने काम
काठमाडौं।काठमाडौंको माइतीघर क्षेत्रमा बर्खायाममा देखिँदै आएको डुबानको समस्या समाधान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले अवरोध हटाउने काम थालेको छ ।
महानगरपालिकाले बुधबारदेखि नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस तथा राष्ट्रिय तथ्यांक कार्यालय आसपासका क्षेत्रमा पानीको बहावमा बाधा पुर्याउने संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको हो ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले पानीको बहाव क्षेत्रमा रहेका साँघुरा ढल तथा अन्य अवरोध हटाउन सुझाव दिएको थियो ।
बर्खाको समयमा पर्याप्त पानी निकास नहुँदा माइतीघर आसपासका क्षेत्र पटक–पटक जलमग्न हुने गरेका छन् । केही साताअघि परेको अविरल वर्षाका क्रममा समेत माइतीघर क्षेत्र डुबानमा परेको थियो ।












