सुनसरी घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न विराटनगर पुगिन् स्वास्थ्यमन्त्री मेहता – Sagarmathapana:: Online News Portal

सुनसरी घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न विराटनगर पुगिन् स्वास्थ्यमन्त्री मेहता

   २०८३ श्रावण १३ गते  

विराटनगर।सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता विराटनगर पुगेकी छन्। उनले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर घाइतेहरूको उपचार अवस्थाबारे चिकित्सक तथा अस्पताल प्रशासनसँग जानकारी लिएकी हुन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्।

घाइते तथा उनीहरूका परिवारसँग भेट गर्दै मन्त्री मेहताले सरकारले उपचारमा आवश्यक सहजीकरण र समन्वय गरिरहेको बताइन्। गम्भीर घाइतेहरूको उपचारका लागि मन्त्रालयले सम्बन्धित अस्पताल, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गरिरहेको पनि उनले जानकारी दिइन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै