सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बस्दै – Sagarmathapana:: Online News Portal

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बस्दै

   २०८३ श्रावण १३ गते  

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक आज बिहान ८ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा सुनसरीको पछिल्लो घटनाक्रम, सामाजिक सद्भाव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बैठकका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ।

सुनसरीको देवानगञ्जमा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिबीच बोलाइएको सर्वदलीय बैठकलाई राजनीतिक दलहरूबीच साझा धारणा बनाउन महत्वपूर्ण रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै