राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट – Sagarmathapana:: Online News Portal

राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेट

   २०८३ श्रावण १३ गते  

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रम तथा सुनसरीमा भएको घटनाबारे छलफल भएको जनाइएको छ ।

लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा आफूले आह्वान गरेको सर्वदलीय बैठकका निष्कर्ष तथा बैठकमा भएका छलफलका विषयमा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै