मिस नेपाल २०२६ की कशिश सुब्बा : ‘यो यात्रा मेरो जीवनकै सबैभन्दा परिवर्तनकारी अनुभव बन्यो’ – Sagarmathapana:: Online News Portal

मिस नेपाल २०२६ की कशिश सुब्बा : ‘यो यात्रा मेरो जीवनकै सबैभन्दा परिवर्तनकारी अनुभव बन्यो’

   २०८३ श्रावण ११ गते  

काठमाडौं।मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले प्रतियोगिताको यात्राले आफ्नो आत्मविश्वास बढाउनुका साथै चुनौती सामना गर्ने क्षमता र परिपक्वता विकास गरेको बताएकी हुन्।

कशिशका अनुसार मिस नेपालको मञ्चले आफूलाई बुझ्न र आफ्नै क्षमतामाथि विश्वास गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ। उनले भनिन्, “मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ। म केही गर्न सक्छु भन्ने विश्वास यही यात्राले दिएको हो।


फेसन मोडल, फेसन स्टाइलिस्ट तथा फेसन डिजाइनर बन्ने लक्ष्य राखेकी कशिशले प्रतियोगिताबाट प्राप्त अनुभव आफ्नो भविष्यका लागि निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छन्। उनका अनुसार मिस नेपालको यात्राले व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई समेत थप मजबुत बनाएको छ।

अगस्ट १ मा आयोजना हुने ग्रान्ड फिनालेका लागि तयारी गरिरहेकी कशिशले आफ्नो यात्रामा साथ, समर्थन र मतदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्तिम चरणसम्म निरन्तर साथ दिन आग्रह गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै