कप्तानगञ्ज झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु – Sagarmathapana:: Online News Portal

कप्तानगञ्ज झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

   २०८३ श्रावण ११ गते  

सुनसरी।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू हुने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार हरिनगरा गाउँपालिकाका घुस्की, भुटाहा र कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्र र देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु अवधिमा ती क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ। प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै