नेपालमै पहिलोपटक ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुँदै – Sagarmathapana:: Online News Portal

नेपालमै पहिलोपटक ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुँदै

   २०८३ श्रावण १० गते  

काठमाडौं।नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मकता र योगदानलाई सम्मान गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ।

आईएमई रेमिट्यान्स एन्ड पेमेन्ट्सको आयोजनामा हुने अवार्डको ग्रान्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना गरिने आयोजकले जनाएको छ। नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरलाई केन्द्रमा राखेर आयोजना हुन लागेको दाबी गरिएको कार्यक्रममा देशभरबाट ५०० भन्दा बढी क्रिएटरले सहभागिता जनाउँदै आफ्ना कन्टेन्ट प्रस्तुत गरिसकेका छन्।

निर्णायक समूहले प्राप्त आवेदन तथा कन्टेन्टको मूल्याङ्कन गरी उत्कृष्ट १०० प्रतिस्पर्धीलाई फाइनल चरणमा छनोट गर्नेछ। आयोजकका अनुसार आगामी साता निर्णायकको मूल्याङ्कनका आधारमा मनोनयन सूची सार्वजनिक गरिनेछ।

ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ भने प्रत्येक विधामा १० जना क्रिएटर मनोनयनमा पर्नेछन्। प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेक नारायण भट्टराई रहेका छन्।

अवार्ड कार्यक्रमको ग्रान्ड फिनाले आयोजना हुने स्थान भने पछि सार्वजनिक गरिनेछ। कार्यक्रमको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेनमेन्टले गरिरहेको छ।

सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभाव बढ्दै गएको समयमा कन्टेन्ट क्रिएटरहरूको मेहनत, प्रभाव र सिर्जनशीलतालाई औपचारिक रूपमा सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै