प्रधानमन्त्री बालेन शाह राजनीति कम,काम धेरै गर्ने नेता हुन् : मेयर चिरीबाबु महर्जन
काठमाडौं।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह राजनीति कम र काम धेरै गर्ने नेता भएको बताएका छन् ।
प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका मेयर हुँदा आफूले उनीसँग सहकार्य गरेर विभिन्न काम गरेको स्मरण गर्दै महर्जनले शाहको कार्यशैलीको प्रशंसा गरेका हुन् ।
चार वर्ष काठमाडौं महानगरपालिकाको मेयरका रूपमा काम गर्दा शाहले जनताको मन जित्ने गरी काम गरेकै कारण अहिले देश निर्माणको महत्वपूर्ण अवसर प्राप्त गरेको महर्जनको भनाइ छ । प्रधानमन्त्री शाहको निस्वार्थ भावनाका कारण उनले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सक्ने विश्वास आफूलाई रहेको पनि मेयर महर्जनले बताए ।












