नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी घोषणा – Sagarmathapana:: Online News Portal

नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी घोषणा

   २०८३ श्रावण ९ गते  

काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि अनुभवी पर्यटन व्यवसायी जिस्वान तुलाधरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

पर्यटन क्षेत्रमा २५ वर्षको अनुभव तथा नाट्टामा १५ वर्षको संस्थागत योगदान रहेको बताउँदै तुलाधरले ‘अनुभव, समावेशिता र परिणाममुखी नेतृत्व’लाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।

नाट्टामा पाँच कार्यकाल विभिन्न जिम्मेवारी सम्हालिसकेकी तुलाधरले आफ्नो उम्मेदवारी व्यक्तिगत पदका लागि नभई संस्थाको सुदृढीकरण र सदस्यहरूको हितका लागि भएको बताएकी छन् । उनले आफूलाई महिला कोटाका आधारमा नभई क्षमता, अनुभव र प्रतिबद्धताका आधारमा नेतृत्वका लागि अघि सारेको स्पष्ट पारेकी छन् ।

पर्यटन व्यवसायसँगै साहसिक पर्यटन र अन्तर्राष्ट्रिय खेलकुदमा समेत सक्रिय तुलाधरले सन् २०१६ मा एक्लै अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा गरेकी थिइन् । उनी थाइल्याण्ड, इन्डोनेसिया र फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय मोटर ड्राइभिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्वसमेत गरिसकेकी छन् ।


नेतृत्व भनेको चुनौतीसँग डराउने होइन, चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने क्षमता हो,’ तुलाधरले भनेकी छन् ।

तुलाधर निर्वाचित भएमा दशकौँपछि नाट्टाले दोस्रो महिला अध्यक्ष पाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै