होटल संघ नेपाल–बागमती प्रदेश समिति गठन अध्यक्षमा रामसुन्दर बके चयन – Sagarmathapana:: Online News Portal

होटल संघ नेपाल–बागमती प्रदेश समिति गठन अध्यक्षमा रामसुन्दर बके चयन

   २०८३ श्रावण ९ गते  

काठमाडौँ।होटल संघ नेपाल (हान) ले संघीय संरचनाअनुसार आफ्नो संगठन विस्तार गर्ने क्रममा बागमती प्रदेश समिति गठन तथा घोषणा गरेको छ। संघको ६ दशक लामो यात्राका अवसरमा देशभर प्रादेशिक संरचना विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश समिति गठन गरिएको हो।

समितिको अध्यक्षमा रामसुन्दर बके (भक्तपुर) चयन भएका छन्। समितिका सदस्यहरूमा नेत्रजंग थापा (सिन्धुली), शिवराज दुवाडी (चितवन), लीना खड्का (काभ्रे), समीर लामा (ललितपुर), राजा राम सिलवाल (धादिङ) र विनोद जिरेल (दोलखा) रहेका छन्।


त्यसैगरी घनश्याम श्रेष्ठ, ज्ञानेन्द्रकुमार बिष्ट, प्रेम कान्था श्रेष्ठ र सत्यराम सुवाल सल्लाहकारमा रहेका छन्।

होटल तथा पर्यटन व्यवसायको संस्थागत विकास, प्रदेशस्तरमा आतिथ्य उद्योगको प्रवर्द्धन तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेश समिति गठन गरिएको होटल संघ नेपालले जनाएको छ।

बागमती प्रदेश समिति गठन तथा घोषणा कार्यक्रम २०८३ साउन ८ गते शुक्रबार दिउँसो २ः३० बजे काठमाडौंको कालधारा मार्गस्थित होटल जी–रामायणमा आयोजना गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै