सीमाको वास्तविक अवस्था बुझ्न सादा पोशाकमा ‘स्पेशल टास्क फोर्स’ परिचालन गरिने – Sagarmathapana:: Online News Portal

सीमाको वास्तविक अवस्था बुझ्न सादा पोशाकमा ‘स्पेशल टास्क फोर्स’ परिचालन गरिने

   २०८३ श्रावण ९ गते  

काठमाडौं।गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमन तथा स्थानीय जनगुनासो संकलनका लागि सादा पोशाकमा विशेष टास्क फोर्स परिचालन गर्ने तयारी भइरहेको बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले गृहमन्त्री स्वयं सीमा क्षेत्रमा पुग्दा त्यसलाई ‘स्टन्ट’को संज्ञा दिने गरिएको बताए। त्यसकारण सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न र जनताका समस्या प्रत्यक्ष रूपमा संकलन गर्न विशेष टोली परिचालन गर्ने तयारी गरिएको उनको भनाइ थियो।

उनले मधेश, कर्णाली र सुदूरपश्चिम क्षेत्रका नागरिकका समस्या समाधानलाई गृह मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए। जनताको दुःख र पीडामाथि राजनीति नगर्न आग्रह गर्दै उनले कमजोरी भए सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

‘कमजोरी भए सुधार्दै अघि बढौँ, जनताको आँसुमा राजनीति नगरौँ,’ गृहमन्त्री गुरुङले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै