नेपालमा रियलमीको एआईओटी पोर्टफोलियो विस्तार,चार नयाँ स्मार्ट डिभाइस सार्वजनिक
![]()
काठमाडौं।स्मार्टफोन तथा प्रविधि ब्रान्ड रियलमीले नेपालमा आफ्नो एआईओटी (AIoT) इकोसिस्टम विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल तथा अडियो डिभाइस सार्वजनिक गरेको छ। कम्पनीले उपभोक्ताको आवश्यकता र बजेटअनुसार रियलमी बड्स T100, बड्स T200, बड्स T500 Pro र रियलमी वाच W5 बजारमा ल्याएको हो।
![]()
दैनिक प्रयोगलाई लक्षित रियलमी बड्स T100 मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, एआई न्वाइज क्यान्सलेसन तथा IPX5 वाटर र स्वेट रेजिस्टेन्स रहेको छ। यसले कुल २८ घण्टासम्म प्लेब्याक दिने कम्पनीको दाबी छ। यसको नेपाली बजार मूल्य २ हजार ४९९ रुपैयाँ तोकिएको छ।

त्यस्तै, थप इमर्सिभ अडियो अनुभवका लागि रियलमी बड्स T200 मा १२.४ एमएम डाइनामिक बास ड्राइभर, Hi-Res Audio सपोर्ट, ब्लुटुथ ५.४ र एक्टिभ न्वाइज क्यान्सलेसन (ANC) दिइएको छ। IP55 रेटिङसहितको यो इयरबडले एकपटक चार्जमा १० घण्टासम्म प्लेब्याक दिने कम्पनीले जनाएको छ। यसको मूल्य ४ हजार ४९९ रुपैयाँ रहेको छ।
प्रिमियम अडियो अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित रियलमी बड्स T500 Pro मा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ६.१ र एक्टिभ न्वाइज क्यान्सलेसन समावेश छन्। यसले १३.५ घण्टासम्म प्लेब्याक दिनुका साथै एआई लाइभ ट्रान्सलेटर र एआई फेस-टु-फेस ट्रान्सलेटर जस्ता सुविधा पनि उपलब्ध गराउँछ। यसको नेपाली बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तोकिएको छ।


रियलमीको स्मार्ट वेयरेबल लाइनअपअन्तर्गत रियलमी वाच W5 मा १.९७ इन्चको AMOLED टचस्क्रिन, रियल टाइम हेल्थ मोनिटरिङ तथा स्मार्ट कनेक्टिभिटी फिचर रहेका छन्। सामान्य प्रयोगमा १४ दिनसम्मको ब्याट्री ब्याकअप दिने दाबी गरिएको यस स्मार्टवाचको मूल्य १० हजार ९९९ रुपैयाँ रहेको छ। यो iOS 11 तथा Android 9.0 र त्यसभन्दा माथिका अपरेटिङ सिस्टमसँग कम्प्याटिबल रहेको कम्पनीले जनाएको छ।
रियलमीले नयाँ उत्पादनमार्फत वायरलेस अडियोदेखि स्मार्ट वेयरेबल प्रविधिसम्मको अनुभवलाई थप सहज र स्मार्ट बनाउने लक्ष्य लिएको जनाएको छ।












