नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड – Sagarmathapana:: Online News Portal

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड

   २०८३ श्रावण ९ गते  

काठमाडौं।नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

बैंकका अनुसार ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको निरन्तर सहयोगका कारण यो सम्मान प्राप्त भएको हो। अवार्डले बैंकिङ सेवा तथा नवप्रवर्तनलाई थप प्रभावकारी बनाउन प्रेरणा मिलेको बैंकले जनाएको छ।

अवार्ड कार्यक्रममा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरूको सहभागिता थियो। नबिल बैंकले यसअघि पनि ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ लगायतका अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।

हाल २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको नबिल बैंकले देशभर २६४ शाखा र ३१५ एटीएममार्फत बैंकिङ सेवा सञ्चालन गरिरहेको छ। बैंकले डिजिटल बैंकिङ, ग्राहककेन्द्रित सेवा र वित्तीय समावेशितालाई प्राथमिकतामा राख्दै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अघि बढाइरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै