प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको प्रदर्शन – Sagarmathapana:: Online News Portal

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको प्रदर्शन

   २०८३ श्रावण १० गते  

काठमाडौं।नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा शनिबार दिउँसो प्रदर्शन गरिएको हो। प्रदर्शनमा पत्रकार तथा सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको संरक्षण, नागरिक अधिकारको सुनिश्चितता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि किसिमका हस्तक्षेप स्वीकार्य नहुने भन्दै सञ्चारमाध्यमलाई निर्बाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै