२३ वर्षपछि टुंगियो गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा,९ महिना कैद र ६९ लाख जरिवाना
काठमाडौं।पूर्वमन्त्री गोविन्दराज जोशीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै ९ महिना कैद, ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तथा सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
७७ वर्षीय जोशीले आफू ज्येष्ठ नागरिक भएको आधारमा कैद सजायमा कानुनअनुसार छुट पाउनुपर्ने माग गर्दै विशेष अदालतमा निवेदन दिएका छन्। उक्त निवेदनमाथि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।
जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा अकुत सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको थियो। विभिन्न कानुनी प्रक्रियापछि २३ वर्षपछि सर्वोच्च अदालतबाट अन्तिम फैसला आएको हो, जससँगै कैद, जरिवाना र सम्पत्ति जफतसम्बन्धी आदेश कार्यान्वयनको बाटो खुलेको छ।












