कांग्रेस प्रतिष्ठानमा ६ उपसमिति गठन, संयोजकको जिम्मेवारी तोकियो – Sagarmathapana:: Online News Portal

कांग्रेस प्रतिष्ठानमा ६ उपसमिति गठन, संयोजकको जिम्मेवारी तोकियो

   २०८३ असार २९ गते  

पाटन।नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सङ्गठनलाई थप प्रभावकारी र विषयगत रूपमा सुदृढ बनाउन ६ वटा उपसमिति गठन गर्दै तिनका संयोजकहरूको जिम्मेवारी तोकेको छ।

प्रतिष्ठानका संयोजक तथा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा ले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डा. डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई जिम्मेवारी दिएका छन्।

यस्तै, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई नियुक्त गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको बैठकको निर्णयअनुसार यी जिम्मेवारी तोकिएको हो।

बैठकले उपसमिति संयोजकहरूको मनोनयनसँगै प्रतिष्ठानको आगामी कार्यदिशा, नीति तथा विविध संगठनात्मक विषयमा समेत महत्वपूर्ण निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै