आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नेपाली नागरिकता, गृहमन्त्री गुरुङले गरे हस्तान्तरण – Sagarmathapana:: Online News Portal

आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नेपाली नागरिकता, गृहमन्त्री गुरुङले गरे हस्तान्तरण

   २०८३ असार २९ गते  

काठमाडौं।आत्मदाहपछि निधन भएका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। गृहमन्त्री सुधन गुरुङले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।  

गणेश नेपालीको निधनपछि परिवारलाई राहत तथा कानुनी पहिचान सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताअनुसार नागरिकता उपलब्ध गराइएको जनाइएको छ। नागरिकता प्राप्त गरेसँगै एकमाया नेपालीले विभिन्न सरकारी सेवा तथा सुविधामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ।  

यसअघि सरकार र गणेश नेपालीको परिवारबीच राहत, छोरीको शिक्षाको व्यवस्था तथा परिवारको पुनर्स्थापनासहित विभिन्न बुँदामा सहमति भएको थियो। नागरिकता हस्तान्तरणलाई सोही प्रतिबद्धताको कार्यान्वयनको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै